कोरोनाको अबको केन्द्रविन्दु युरोपः विश्व स्वास्थ्य संगठन


काठमाडौं, १ चैत । चीनको वुहान शहरबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको छ । आक्रामक रुपमा संक्रमण फैलन थालेपछि युरोपलाई विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अबको केन्द्रविन्दु भनेको छ ।

‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन् । उनले युरोपेली देशहरुलाई मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे ।

‘यो भयानक आगो फैलन दिनु हुँदैन’ उनले भने । युरोपियन देशहरुमा कोरोना भाइरसको संक्रमण र मृत्युदर आक्रामक रुपमा बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्