कोरोनाबाट बिपी प्रतिष्ठानका एक स्वास्थ्यकर्मीको मृत्यु


सुनसरी, १८ कार्तिक । कोरोना भाइरस संक्रमणबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । सप्तरीको महादेवा–६ घर भएका उनको दिशा पातलो हुने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिएपछि सोमबार दिउँसो अस्पतामा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्