कोरोनाविरुद्ध आफूखुसी कोष बनाउन नपाईने, सरकारले बनाएको कोषमा नै रकम जम्मा गर्न आग्रह


काठमाडौँ, ११ चैत । कोरोनाविरुद्ध आफूखुसी कोष बनाउन नपाईने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आफूखुसी रकम संकलन गर्ने र कोष बनाउ न नपाईने निर्णय गरेको हो ।
यसरी जम्मा भएको पैसा दुरुपयोग हुन सक्ने भन्दै सरकारले एकद्धार नीति अपनाउँदै सहयोग गर्न चाहनेले सरकारी कोषमा पैसा बुझाउनुपर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्