कोरोना परीक्षण लागि २०३ सांसदसहित ४३३ को स्वाब संकलन


काठमाडौं,२५ वैशाख । कोरोना परिक्षणका लागि बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको स्वाब संकलन गरिएको छ ।

संघीय संसद भवनमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए । प्रतिनिधि सभामा २७५ जना र राष्ट्रिय सभामा हाल ५८ जना सांसद छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ । संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्