कोरोना प्रभावित क्षेत्रमा खटिनेलाई २५ लाख बराबरको बिमा


काठमाडौँ, १६ चैत । सरकारले कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको बिमा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको २५ लाख रुपैयाँ बराबरको विमा गर्ने निर्णय गरेको हो। यो विमा २०७७ असार मसान्तसम्मका लागि लागु हुने छ।

 

प्रतिक्रिया दिनुहोस्