कोरोना प्रभाव रोक्न एक करोड डलरको संयुक्त कोष बनाउन भारतको प्रस्ताव


काठमाडौँ, २ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन-सार्कमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि संयुक्त कोष प्रस्ताव गरेका छन् जसमा एक करोड अमेरिकी डलर भारतले राख्ने घोषणा पनि उनले गरेका छन्।

आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले उक्त घोषणा गरे। उनले सार्क क्षेत्रमा कोरोना भाइरसलाई रोकथान गर्न सँगै सहकार्य गर्नुपर्नेमा जोड दिए। उक्त कोषलाई आठै राष्ट्रले आवश्यकताअनुसार प्रयोग गर्नसक्ने घोषणा पनि उनले गरे।

प्रतिक्रिया दिनुहोस्