कोरोना भाइरस महामारी: न्यूयोर्कमा एकै दिन ७३१ जनाको मृत्यु


काठमाडौ, २६ चैत । न्यूयोर्कमा मंगलबार एकै दिन महामारी फैलिए यताकै सबैभन्दा धेरै व्यक्तिको नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु भएको छ । मंगलबार एकै दिन न्यूयोर्कमा कोरोना भाइरसबाट संक्रमित भएका ७३१ जनाको मृत्यु भएको हो ।

योसँगै न्यूयोर्कमा अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच हजार ४८९ पुगेको छ । यस्तै संक्रमितको संख्या पनि राज्यमा एक लाख ३८ हजार ८३६ पुगेको छ ।

न्यूयोर्कका जेलहरुमा पनि संक्रमण फैलिएको छ । गरै फौजदारी अभियोगमा जेलमा रहेका र संक्रमणको उच्च जोखिममा रहेका ५३ वर्षका माइकल टाइसनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

सुनुवाईको पर्खाईमै रहँदै उनको निधन भएको हो । यसले उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि भएको कमजोर प्रयासलाई लिएर सरकारी अधिकारीको आलोचना भएको छ ।

सोमबार न्यूयोर्क सिटीको जेलमा रहेका २८६ जना कैदी तथा ३३१ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्