कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


काठमाडौं, २४ जेठ । कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको कोरोना कारण मृत्यु भएको हो । २० गते निधन भएका डोल्पा जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । ससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्