कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु


वीरगञ्ज,२६ साउन । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्