कोरोना संक्रमण देखिएका धादिङका युवक कतारबाट आएर होटलमा बसेका थिए: मन्त्री ढकाल


काठमाडौ, १२ चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले तेस्रो कोरोना संक्रमित धादिङका युवक चैत ६ गते कतारबाट नेपाल आएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी मन्त्री ढकालले दिएका हुन् ।

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

त्यहाा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आको हो ।

प्रतिक्रिया दिनुहोस्