कोरोना संक्रमण देखिएको १० दिनपछि बेलायती प्रधानमन्त्री अस्पताल भर्ना


काठमाडौं, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् ।
बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो ।

सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् ।

यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका छैनन् ।
विभिन्न सावधानी अपनाउँदा समेत कोरोना भाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्