कोलम्बिया शान्ति सम्झौताको राष्ट्रसंघद्वारा स्वागत


 ९ भदौ । कोलम्बिया सरकार र त्यहाँको बिद्रोही समूहबीच भएको शान्ति सम्झौताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।

राष्ट्रसंघीय महासचिव बान कि मुनका तर्फबाट उहाँका प्रवक्ताले बिहीबार प्रकाशन गर्नुभएको सन्देशमा उहाँले कोलम्बियामा शान्ति स्थापनाका लागि भएको सो प्रयासको स्वागत गर्नुभएको उल्लेख गरिएको छ ।

कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह र त्यहाँको सरकारबीच वार्ताका माध्यमबाट सबै समस्याको समाधान खोज्नेगरी सहमति भएको थियो ।

कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल स्यान्टोस र त्यहाँको सो विद्रोही समूहका प्रमुख तिमोलिन जिमेनेजलाई उनले बधाई सन्देश पठाउँदै यस शान्ति सम्झौताका माध्यमबाट देशमा दिगो शान्ति स्थापनाका लागि सहयोग पुगोस भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

कोलम्बिया सरकार र यहाँको एक विद्रोही समूहबीच क्युवाको हवानामा सन् २०१२ देखि नै शान्ति प्रक्रिया सुरु भएको थियो ।

करिब पाँच दशक लामो कोलम्बियाको सशस्त्र विद्रोहको अन्त्यका लागि भएको सो सम्झौताको सर्वत्र स्वागत भएको पनि त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

। रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्