क्या राम्री पुतली बजारमा (भिडियो सहित्)


२८ साउन । गायक मोतिराज खानाल र जीवन बाबु श्रेष्ठको तीज कोसेली ‘क्या राम्री पुतली’ तीज गीत बजारमा आएको छ । जनकलाकारका रुपमा पहिचान बनाएकका कलाकार खनालले यस बर्ष भने ‘क्या राम्री पुतली छम्म छम्म नाची बरिलै’ बोलको गीत बजारमा ल्याएका हुन् ।

तीजका भड्कीला गीतहरु बजारमा आइरहेका बेला खनालले  गीतमा तीजको मैलिक पिहचान ‘बरीलै’ लार्इ स्थान दिएका छन् । खनालको शब्द तथा स्वर रहेको यस गीतमा  पुर्णकला बि.सी र सम्झना लामिछानेले स्वरमा साथ दिएकी छन् ।

म्यूजिक . कम  प्रा लि को प्रस्तुती रहेको यो गीत विग परिवेश डिजिटल रेकर्डिङ् स्टुडियो बागबजारमा रेकर्डिङ्  गरिएको हो । संगै खानालले ‘यो सन्देश पठार्इ देउ’ दशै गीत पनि बजारमा ल्यएका छन् ।

https://www.youtube.com/watch?v=-ZLPlhJLouU

प्रतिक्रिया दिनुहोस्