क्रिसमस डेमा सार्वजनिक विदा (विज्ञप्तिसहित)


९ पुस । क्रिसमस डेको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको भए पनि मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक विदा तोकिएको हो । गृह मन्त्रालयले पनि विज्ञप्ति निकालेर आइतबार देशभर र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत लागू हुने गरी विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्