क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने


काठमाडौँ, २३ चैत । क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन् । आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको हो । बैठकले क्वारेन्टाइनमा राखी १४ दिन बिताएपछि स्वाब परीक्षण गरी त्यो नेगेटिभ आएपछि मात्र घर जान दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायणप्रसाद बिडारीले बताए।
यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्