खनाल विश्व टे्रड युनियन महासंघको सदस्यमा निर्वाचित


२८ असोज । बिश्व टे«ड युनियन महासंघ (डब्लूएफटीयु) को प्रेसिडेन्सियल काउन्सिल सदस्यमा नेपालबाट पेशागत महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल चयन भएका छन् । दक्षिण अफ्रिकाको डरबानमा गत अक्टोबर ५ देखि ९ तारिख सम्म भएको १७औ महाधिवेशनबाट गठित ४७ सदस्यीय प्रेसिडेन्सियल काउन्सिल सदस्यमा खनाल निर्वाचित भएका हुन् । महासंघ बिश्वका प्रगतिशील एबं समाजबादी बिचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा स्थापित छ ।

बिश्वका १ सय १२ देशका १५ सय प्रतिनिधिहरुले भाग लिएको उक्त सम्मेलनमा नेपालबाट पेशागत महासंघलगायत ८ वटा टे«ड युनियन महासंघबाट गरी ४२ जना प्रतिनिधिले भाग लिएका थिए । नेपालका पेशागत महासंघ नेपाल, नेपाल ट्रेड युनियन फेडरेसन, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल प्रगतिशिल टे«ड युनियन महासंघ, अखिल नेपाल टे«ड युनियन महासंघ, नेपाल समावेशी ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातानत्रीक टे«ड युनियन महासंघ र राष्ट्रिय प्रजातानत्रिक टे«ड युनियन महासंघ उक्त महासंघमा आबद्ध रहेका छन् ।

१७ औ अधिबेशनले दक्षिण अफ्रिकाका माइकलाई अध्यक्षमा र ग्रिसका जर्ज मयाभकियोजलाई महासचिव पदमा निर्बाचित गरेको छ । अधिवेशनले ९ जना उपाध्यक्ष, ५ जना उपमहासचिव र ५ सदस्यीय आर्थिक नियन्त्रण कमिटी पनि गठन गरेको छ । आर्थिक नियन्त्रण कमिटीको सदस्यमा नेपालबाट राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मोहनमान स्वाँर निर्वाचित भएका छन् ।

१७ औ अधिबेशनले बिश्व साम्राज्यबाद र पुँजीबादले श्रमजीवि बर्गमाथि सिर्जना गरेको युद्ध, हत्या, हिंसा, आतङ्क, गरिबी, बेरोजगारीका विरुद्ध संघर्ष गर्ने, श्रमिकहरुको आधारभूत आबश्यकता प्राप्त गर्न र पुँजीवादी बर्बरताले सृजना गरेको गरिबी र युद्धका विरुद्ध संघर्ष गर्नुका साथै अन्तर्राष्ट्रियतावाद र एकताका साथ अगाडि बढ्ने कार्यदिशा तय गरेको छ ।

बिश्व टे«ड युनियन महासंघको स्थापना सन् १९४५ अक्टोबर ३ मा फ्रान्सको राजधानी पेरिसमा भएको हो । हाल महासंघमा १० वटा बिषयगत अन्तर्राष्ट्रिय केन्द्रहरु आबद्ध रहेका छन् । हाल महासंघमा विश्वका ९ करोड २० लाख श्रमिकहरु आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्