खरिपाटी क्वारेन्टाइन,यस्ता छन् १४ व्यवस्था


काठमाडौं, ४ फागुन । चीनको वुहानबाट आइतबार राति नेपाल ल्याइएका नेपालीहरुलाई १५ दिनसम्म खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिने छ । क्वारेन्टाइनमा रहेका सबैको हरेक दिन दुईपटक ज्वरो नाप्ने काम हुनेछ। यसका लागि क्वारेन्टाइनमा हरेकका लागि छुट्टा छुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ। उक्त थर्मोमिटरको माध्यमबाट उनीहरुले शरिरको तापक्रम जाँच गरि तोकिएको ढाँचामा अभिलेख गर्नुपर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले उनीहरु सबैको २४ घन्टाभित्र थ्रोट स्वाब (घाँटीको र्याल)को नमुना झिकेर प्रयोगशालामा पठाउने छ। यसका साथै १४ औं दिनमा पनि र्यालको नमुना परीक्षण हुने छ।

क्वारेन्टाइनमा रहँदा अरु के के छन् स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था?

– क्वारेन्टाईनमा लगभग ६० कोठाहरुमा उचित दुरिको फरकमा एक जना देखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ।

– क्वारेन्टाईनमा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, Infection Prevention and Control को सबै व्यवस्थापन गरिएकोछ।

–  स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन। –

–  विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था गरिनेछ।

–   व्यक्ति स्वंयमले स्व-जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ। हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटर उपलब्धछन।

–  हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजर आदि उपलब्ध छन।

–  अन्य जाँच गर्ने सरसामाग्री जस्तै, इन्फ्रारेड थर्मोमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुराआवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्नको लागि ईमरजेन्सि फोन नम्बरआदिको उचित व्यवस्था गरिएकोछ।

–  आवस्यकता अनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्शदिने व्यवस्था गरिएको छ। आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुहोस्।

– आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रुपमा उपलब्ध गराईनेछन।

– नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुहोस, तुरुन्तै उपलब्ध गराईनेछ।

– सबैको प्रारम्भीक Throat Swab जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र अर्को जाँच १४ दिनमा गरिनेछ।

– क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।

– क्वारेन्टाईनमा रहदा तपाईहरुले अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाउनुहुने छैन।

–  तपाँईहरुले त्यहाँ दिईएको हरेक नियम (Room rules, rest room rules, food rules, timing rules) हरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्