खस आर्य, मधेसी, दलितलाई निश्चित प्रतिशतको कलस्टरमा राख्नुपर्छः बाबुराम


७ असोज  । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले खस आर्य, मधेसी, आदिवासी जनजाति तथा दलितलाई निश्चित प्रतिशतको कलस्टरमा राख्नुपर्ने माग गरेका छन् ।

सम्पूर्ण जातजातिको संस्कृतिको संरक्षणका साथै उनीहरुको अधिकार स्थापित गर्न आफ्नो पार्टी क्रियाशील रहेको भन्दै उनले यस्तो माग गरेका हुन् ।

तामाङ राष्ट्रिय परिषद्को प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने– ‘विकास तथा समृद्धिका लागि मुलुकमा बसोबास गर्ने सबै जातजाति र समुदायको समानुपातिक समावेशी सहभागिता गराउनुपर्छ ।’

उनले नेपालमा धेरै जातजाति तथा समुदाय बसोबास गर्ने भएकाले यहाँ बहुलवादी समाजको महत्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्