खुल्लामञ्चमा मेयर शाक्यले चलाए डोजर, पसलेको भागाभाग


काठमाडौं, १४ बैशाख । महानगरपालिकाले डोजर लगाएर खुल्लामञ्चमा अबैध रुपमा निर्माण गरिएको सटरहरु भत्काएको छ । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि मेयर विधासुन्दर शाक्यको निर्देशनमा काठमाडौं महानगरपालिकाले शनिबार डोजर लगाएर पसलहरु भत्काएको हो । । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनपछि खुलामञ्चामा डोजर चलाएको बताए । डोजर चलेपछि पसलेको भने भागाभाग भएको छ ।

प्रतिक्रिया दिनुहोस्