खुल्ला विज्ञापनबाट ७० प्रतिशत नायव सुब्बाको पदपूर्ति हुने, खरिदार हटाइने


काठमाडौ, २० जेठ । निजामती सेवामा खरिदार पद हट्ने भएको छ । खुल्ला विज्ञापनबाट ७० प्रतिशत खरिदार पदपूर्ति हुनेभएपनि अबदेखि ७० प्रतिशत नायव सुब्बाको पदपूर्ति हुनेछ । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र, खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्