खुल्ला विश्वविद्यालय सञ्चालनमा ल्याउन एनआरएनले सहयोग गर्ने


१८ असोज ।  गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले नेपाली तथा गैरआवासीय नेपाली युवाको गुणस्तरीय तथा व्यवसायिक शिक्षामा पहुँच बढाउन गैरआवासीय नेपाली संघको तर्फबाट खुल्ला विश्वविद्यालय सञ्चालनमा ल्याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् गैरआवासीय नेपाली संघको दुई दिने सम्मेलनपछि जारी भएको बोडे घोषणापत्रको राजधानीमा सार्वजनिक गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले कार्यक्रममा बोल्दै अध्ययनशील युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने पनि बताए । ‘युवाहरुमा सामाजिक उद्दमशीलताको विकाश, उद्दमशीलता नै देश निर्माणको आधार’ भन्ने नाराका साथ सम्मन्न सम्मेलनले मंगलबार राजधानीमा बोडे घोषणापत्र जारी गरेको थियो ।

घोषणपत्रमा गुणस्तरीय तथा व्ययाययााावसायिक शिक्षा, रोजगारी र उद्यमशीलता, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागिता, परिचालन र नेतृत्व विकास सहभागिता,  खेलकुद र मनोरन्जन जस्ता विषयमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघले संयुक्त घोषणापत्र जारी गरे ।

घोषणापत्रमा नेपाली तथा गैरआवासीय नेपाली युवाको गुणस्तरीय तथा व्यवसायिक शिक्षामा पहुँच बढाउन गैरआवासीय नेपाली संघको तर्फबाट खुल्ला विश्वविद्यालय सञ्चालनमा ल्याउन सहयोग गर्ने, गैर आवासीय नेपालीका सन्ततीहरुलाई नेपाली भाषा, कला, सँस्कृतिसँग परिचित गराई भाषा सँस्कृतिको जगेर्ना र्गन राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने जस्ता कुरा उल्लेख छन् ।

त्यसैगरी घोषणापत्रमा युवामा उद्यमशीलता, विकास र रोजगार सिर्जनाका लागि गैरआवासीय नेपाली संघबाट लघुवित्त कार्यक्रम स्थापनाको सम्भाव्यता अध्ययन गरी नेपाली र वैदेशिक रोजगारबाट फर्किएका युवालार्ई नेपालमै स्वरोजगार र उद्यमशीलताका लागि राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख छ ।

युवामा सामाजिक उद्यमशिलता विकास गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा राष्ट्रिय स्तरको ‘उपराष्ट्र«पति उद्यमशिलता नेतृत्व विकास केन्द्र स्थापना गर्ने जस्ता कुरा पनि घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्