खोज युवा नेतृत्व ‘टेलिभिजन शो’ मा टपटेन भित्र परेकी शोभा नेविसंघको नेता बन्दै


२३ साउन । विगत लामो समयदेखि नेविसंघको राजनीतिमा सक्रिय शोभा भण्डारीले नेविसंघको जारी अधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छिन् ।

तनहु जिल्लामा विद्यालय तहमा अध्ययन गर्दादेखि नै राजनीतिमा सक्रिया भण्डारीले आफ्नो योग्यता–क्षमता अनसार नै केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताइन् ।

विगतमा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘खोज युवा नेतृत्वको’ भन्ने कार्यक्रममा ‘टपटेन’ भित्र पर्न सफल भण्डारीले संगठनमा लागेर महिलाको हकहितमा काम गर्ने बताइन् ।

पद्मकन्या क्याम्पसकी स्ववियु सदस्य समेत रहेकी भण्डारीले सानो पदलिएर भए पनि संगठनमा केही परिवर्तन गर्ने सोँचले उम्मेदवारी दिएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्