खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी


१६ असार । एमालेले खोटाङमा खाता खोलेको छ । एमाले त्यहाँको जन्तेढुंगा गाउँपालिकामा विजयी भएको छ । जन्तेढुंगामा एमालेका शंकर राई २१५३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खेमवहादुर खड्काले १५६२ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकै बिमला राईले २०८६ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अनिता राईले १४६६ मत ल्याइन् ।

जिल्लाका १० स्थानीय तहमध्ये अब ९ तहको मतगणना जारी छ । गणना जारी रहेका २ नगरपालिका र ७ गाउँपालिकामध्ये एमालेले ५ र कांग्रेसले ४ ठाउँमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्