खोलामा वस खस्दा २६ जना घाइते


पाल्पाा, २८ असार । पाल्पाको भालेबास नजिकैको खोलामा यात्रुबहाक बस खस्दा २६ जना घाइते भएका छन् । बुटवलबाट पोखरा तर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस खोलामा खस्दा २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भिर छ । माथिसडकबाट बस सिधै खोलामा झरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रहरी र स्थानीय मिलेर अहिले पनि उद्धार कार्य जारी राखेको पाल्पाबाट पत्रकार जगदिश भट्टराईले जानकारी दिएका छन् । दुर्घटनामा परि घाईते भएकालाई उपचारका लागि लुम्बिनी मेडिकल खकलेज पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्