गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति गर्न नेता पौडेलको सुझाव


२ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले समस्या ल्याएको बताएका छन् । उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझावसमेत दिएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहमतिको विकल्प नभएको दाबी गरे । सरकार एक्लै हिड्न खोजे समस्या समाधान नहुने उनको जिकिर थियो ।

उनले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर जान सकिने विकल्प पनि प्रस्तुत गरे । ‘मुलुकलाई निकास दिनु अहिलेको पहिलो आवश्यकता हो,’ उनले भने ।

तराईका जनताको भावनालाई समेटनुपर्ने भन्दै तराईका जनताका लागि संविधान संशोधनको विषय उठाए रोल्पा, प्यूठानको जनतालाई मार्कामा पार्नु नहुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्