गरमाथा आरोहण वापत ४० करोड रोयल्टी


 

काठमाडौं, ६ बैशाख । सरकारले यसबर्ष सगरमाथा आरोहण गर्न अनुमति लिएकाहरुबाट मात्रै ४० करोड रोयल्टी संकलन गरेको छ । सगरमाथा आरोहरणमा यस वर्षको मुख्य सिजनमा ३ हजार ३९ जना आरोहणको अनुमति लिएर आधार शिविरतर्फ लगेका छन् । सागरमाथा आरोहणका लागि यस वर्ष स्वदेशी र विदेशी गरेर ३५ समूहले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागले दिएको जानकारी अनुसार यो सिजनमा २० हिमालका लागि ६ सय ६७ जनाले आरोहण अनुमति लिएका छन्। हिमाल आरोहणका लागि ७५ समूहबाट ६ सय ६७ जना आरोहीले आरोहण अनुमति लिएको विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए । यस वर्ष हिमाल आरोहणबाट मात्रै विभागले ४५ करोड १३ लाख २७ हजार १ सय ९५ रुपैयाँ रकम संकलन भएको थापाले जानकारी दिए। आइसफल डाक्टरहरूहरुले हिमाल आरोहणका लागि बाटो बनाउने काम गरिरहेका छन्। विशेष गरी आइसफल डाक्टरहरु सगरमाथाको बाटो बनाउन खटिएका छन्।

पर्यटन विभागले दिएको जानकारी अनुसार चालु वर्षको सिजनमा सगरमाथाबाट ४० करोड ७२ लाख १५ हजार २ सय ६२ रुपैयाँ रोयल्टी संकलन भएको छ । अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि २ सय ८९ जनाले सरकारबाट अनुमति लिई आधार शिविर पुगेका थिए। यस वर्ष भने ३ सय ३९ जनाले आरोहण अनुमति लिएपछि रोयल्टी पनि बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्