गर्मी बढेपनि वीरगंजमा ५९ ले गरे रक्तदान


बीरगंज, २० जेठ । बीरगंजमा ५९ जनाले रक्तदान गरेका छन । रक्त दान जिवन दान भन्ने मुल नाराका साथ सानो पाईला बीरगंजको आयोजनामा ५३ पुरुष र ६जना महिला गरी ५९ जनाले रक्तदान गरेका हुन ।
बीरगंजमा गर्मी बढेपनि रक्तदाताहरुले रक्तदान गरेका हुन । सानो पाईला बीरगंजका अभिभावक अजितम पाण्डेको अध्यक्षतामा भएको रक्तदानमा रामाशंकर सिंह, अनिल अग्रवाल, निता महर्जन, सिता दाहाल, लगायत ५९ जना ले रक्तदान गरेका हुन ।पर्सा जिल्लामा भएको रगतको अभावलाई न्युनिकरण गर्न दाताहरुले रक्तदान गरेको सानो पाईला विरगंजका अभिभावक अजितम पाण्डेले बताए ।

?
?
प्रतिक्रिया दिनुहोस्