‘गल्ती देखाइयोस् धुर्मुस–सुन्तली धर्तीमा रहन्नौ’


०७२ मा महाविनासकारी भुकम्प जाँदा चीरपरिचित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे–धुर्मुस सुन्तलीकी छोरी सानै थिइन । भुकम्पले देश, मानिसको घर र मन मथिङ्गल हल्लाई रहेका बेला यो हाँस्य जोडी भने ८ महिने दुधे बालक अरुलाई छाडेर भुकम्पमा परेका घाइतेहरुको उद्धारमा खटिएको थियो ।
कलाकारिताको जीवनसँगै भुकम्पपछि समाजसेवामा लगातार क्रियाशील यो जोडी पहाडमा गएको भुकम्पदेखि तराईको डुबानमा धेरैको उद्धारमा अहोरात्र खटियो । धेरै नेपालीको मन जिते । राज्यले गर्नुपर्ने दायित्व र काम धुर्मुस सुन्तलीले गरे । भुकम्प पीडितका लागि धुर्मुस सुन्तलीले काभ्रेको पहरी वस्तीमा एकीकृत नमुना बस्ती बनाई पीडितलाई मलम लगाए । त्यस्तै, दोस्रो चरणमा सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत अर्को नमुना बस्ती बनाए । तेस्रो चरणमा मुसहर बस्ती निर्माण गरे । यी दुई कलकाकार धुर्मुस–सुन्तली फाउन्डेसनका नाममा अहिले ‘मिनि नेपाल’ अभियान साकार पार्न लागिरहेको छ ।
यतिमात्र होइन, सिताराम कट्टेल अहिले सताब्दी पुरानो बीर अस्पतालको सफाई अभियानमा लागेका छन । देशकै पुरानो अस्पताललाई देशकै नमुना अस्पताल बनाउने जिम्मा राज्यको भएपनि समस्या जस्ताको तस्तै छ । यो बीचमा धेरै नेता स्वास्थ्यमन्त्री भए, कर्मचारी, चिकित्सक अस्पताल बने, तर कसैले त्यो नागरिक अस्पताल स्वच्छ बनाउन सकेन । नमुना बन्नुपर्ने देशकै पुरानो अस्पतालको शौचालय दुर्गन्धित छ । अस्पतालका कर्मचारी नेताहरुलाई गाली गर्दै समय फाल्छन् भने नेताहरु कर्मचारीले केही नगरेको गुनासो गर्दै बस्छन । जति बजेट भएपनि अस्पतालको मुहार कहिल्यै फेरिएन । यही बीचमा सरकारलाई सहयोग गर्ने उद्देश्यका साथ मैदानमा आए, सिताराम कट्टेल–धुर्मुस । अहिले उनी अस्पतालमा रङरोगन गर्नेदेखि शौचालय सफाई र पुराना संरचना परिवर्तनको अभियानमा खटिएका छन । हुन त अस्पतालमा शौचालय सफा गर्ने कर्मचारी नभएका होइनन तर एक बाल्टी पानी हाल्नुबाहेक अन्य केही उपलब्धि नदेखिएको धेरै विरामीहरुको गुनासो हुन्छ । धुर्मुस अस्पतालको मुहार फेर्न लागि परेका छन । तर केही मानिस धुर्मुसलाई विना टेन्डर काम गर्यो भन्दै गाली गरिरहेका छन् । राज्यले बजेट निकासा नगर्ने, धुर्मुसलाई सहयोगीले सहयोग गर्नु हुँदैन कानुन विपरित छ पनि भन्ने । यसो भएपछि धुर्मुसको सफाई अभियान केही विवादमा तानिएको छ ।
वीर अस्पतालमा पत्रकार सम्मेलन गर्दै धुर्मुसले भने ‘वीर अस्पताललाई चम्काउन, समग्र स्वास्थ्य क्षेत्रलाई के के गर्न सकिन्छ, सरकारसँग सहकार्य गर्ने अभियान्ता बनेर हामी खुसी हुँदै मनैदेखि लाग्यौ, हिजोका दिनमा पनि सरकारलाई सघाउने अभियान्ताका रुपमा, जुनसुकै विपतमा हामीले काम गरेर सरकारलाई सघाएको हो ।’
उनी भन्छन्–दुःखी, गरिब, असक्तलाई मानवीय सेवा गर्ने उद्देश्यले सक्रिय भएर अगाडि बढिरहदाँ सरकारले नै यस्तो प्रस्ताव ल्याएका कारण हामी सरसफाई अभियानमा होमियौ । बैशाख २३ बाट सुरु गरिएको सरसफाई अभियानमा धुर्मुस सुन्तली फाउन्डेसन मात्र होइन, खेम शर्मा जसले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सफाईको अगुवाई गरेका थिए, बागमती सफाईका अभियान्तहरु, सिस्नुपानी समुह, भद्रगोल समुह, सामाजिक समुहहरु मिलेर यो त्रिपक्षिय सहकार्यका साथ अघि बढिरहेको छ ।’
‘गल्ती देखाइयोस् धुर्मुस–सुन्तली धर्तीमा रहन्नौ’ 
धुर्मुसले पत्रकार सम्मेलनमा भने ‘मैले चन्दा संकलन गरेको छैन, चन्दाको अर्कै अर्थ हुन्छ । हामीले अपील नगरिकनै अस्पतालमा आएर कतिपयले सहयोग गरेको अस्पताल प्रशासनलाई जानकारी छ । हामी गलत थियौँ भने किन सामाजिक सञ्जालमा प्राप्त सहयोग जस्ताको तस्तै छर्लङ्ग पार्नेगरी राख्थ्यौं ? अहिले सम्म सहयोगीहरुबाट १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ सफाई अभियानका लागि संकलन भएको छ । त्यो पैसाबाट ८२ जना पेन्टरले काम गरिरहेका छन । बिहान ६ बजेदेखि बेलुकासम्म सफाईको काम भइरहदाँ धुर्मुस सुन्तली फाउन्डेसनले लुट ग-यो भन्दा चित्त दुख्यो । धुर्मुस सुन्तलीले एक रुपैयाँ पनि तलमाथि गरेको कसैले रेकर्ड भेट्यो भने हाम्रो चुनौति छ–त्यही दिन यो धर्तीमा रहने छैनौं ।’bir hospital dhurmus sitaram-kattel-dhurmus4

 

प्रतिक्रिया दिनुहोस्