गाईजात्रामा देशभर बिदा दिन सांसदको माग


५ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गरे ।

उनिहरुले बझाङ, चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराए । यसैगरी बाँकेका १२ गाविस राप्ती नदीको कटानको उच्च जोखिममा रहेको, बिपी राजमार्गका सडक दुर्घटना रोक्न, पर्वतमा महिला हिंसा रोक्न, तीजमा तडकभडक र देशभर फैलिएको ज्वरोको भाइरल रोक्न पनि माग गरे ।

शून्य समयमा बोल्नेमा केशरी घर्तीमगर, केशवप्रसाद बडाल, केदारप्रसाद सञ्जेल, कान्ता भट्टराई, कल्पना शर्मा जोशी, कमलाकुमारी, देवराज भार र अखिलाल ओखेडा थिए ।

प्रतिक्रिया दिनुहोस्