गुल्मीका  कोरोना संक्रमित पुरुषको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो


बुटवल,७ जेठ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा  उपचार  गराइरहेका गुल्मीका  कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । गुल्मी मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

अस्पतालका सञ्चालक दुर्गा पाण्डेले मृत्यु भएको पुष्टि गरे । जेठ २ गते उनको स्वाब लिएर परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्