गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईको मृत्यु, ८ घाइते


गुल्मी, २८ चैत । गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे ।
धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।

अर्का मृतकको भने पहिचान खुलेको छैन । जिप दर्लिनबाट सदरमुकाम तम्घास जाँदै थियो । जिपमा १० जना सवार थिए । जिप बाग्लुङको सिमानामा करिब २ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्