गृहजिल्लाबाट भारतलाई ओलीले भने– अर्ती-उपदेश स्वीकार्य छैन


२८ जेठ । आफ्नो गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई आफ्नो बारेमा मात्र ध्यान दिन भन्दै अरुका बारेमा बढी चासो व्यक्त नगर्न आग्रह गरेका छन् ।

शुक्रबार नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । उनले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको भन्दै घुमारौ पारामा भारतलाई धम्की दिए । स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको भन्दै उनले नेपाल विदेशीको इसारामा कहिल्यै नचल्ने दाबी गरे ।

‘यो गर नगर भनेर बाह्य हस्तक्षेप गर्न छिमेकीले मिल्दैन,’ उनले दक्षिण छिमेकप्रति लक्षित गर्दै भने, ‘नेपाल आफैँ सार्वभौम सम्पन्न छ, अर्ती-उपदेश स्वीकार्य छैन।’
प्रधानमन्त्री ओलीले चुनौती कै भाषामा भने– ‘म प्रधानमन्त्रीमा निर्वाचित हुँदा नाकाबन्दी र मधेसवादी दलले घेरेर मुलुकलाई सङ्कटमा पु¥याउने काम गरेका थिए । राष्ट्रिय स्वाधीनता रक्षाका लागि म निरन्तर लडेँ ।’

प्रतिक्रिया दिनुहोस्