गृहजिल्लाबाट योगेशको उद्घोष– ‘एमालेलाई बहुमतसहितको पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन’


२४ चैत । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले यही वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेको छन् । एमाले ताप्लेजुङको सिदिङ्बा गाउँ पालिकाको पहिलो चुनावी सभालाई साब्लाखु भन्ज्याङमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले केही हप्ता अघि सम्पन्न मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा पनि त्यो लहर देखिएको उनले उल्लेख गरे । केही दिनदेखि गृहजिल्ला ताप्लेजुङमा रहेका भट्टराईले अहिले कांग्रेस, माओवादीलगायतका दल एमालेको बढ्दो जनमत देखेर आत्तिएको आरोप पनि लगाए । उनले चुनावमा एमाले बहुमतसहित पहिलो  दल हुन्छ भन्ने डरले केही दलले निर्वाचन नचाहे पनि तोकिएकै मितिमा निर्वाचन हुने सबै दल निर्वाचनमा सहभागी हुने दाबी गरे। उनले मधेसमा पनि एमालेको जनलहर चलेको भन्दै मधेसका जनताले पनि एमालेलाई नै भोट दिने दाबी गरे ।

भट्राई प्रमुख अतिथि रहेको सिदिङ्बा गाउँ पालिकाको कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन ।

प्रतिक्रिया दिनुहोस्