गृहमन्त्री निधिका कारण चीन रुष्ट


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीका कारण छिमेकी मुलुक चीन नेपालसँग चिढिन थालेको छ । पूर्ववर्ति सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्नमा चासो देखाउनेतिर भन्दा चीनवाट आएका प्रतिनिधि मण्डलसँग नै नभेटने निधीको व्यवहारका कारण चीन चिढिन पुगेको हो ।

मन्त्री निधीले गत कात्तिक १५ देखि १८ गतेसम्म नेपाल भ्रमणमा आएको चीनको छिगंआई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वागं चोंगसोगं नेतृत्वको टोलीसँग आफूले त भेटने समय दिएन नै गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई समेत सो टोलीलाई भेटन दिएनन । नयाँ सरकार गठनयताका नेपालभित्र भएका गतिविधि र क्रियाकलापवाट सशंकित चीनलाई विश्वासमा लिनुपर्नेमा मन्त्रीबाट नै यस्तो व्यवहार हुन थालेपछि चीनले कुटनीतिक तवरमा असन्तुष्टि प्रकट गरेको बुझिएको छ ।

आफू प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । तर, ती सबै काम दाहाल प्रधानमनन्त्री भएपछि ठप्प भएपश्चात सशंकित बनेको चीनलाई मन्त्रीहरूको व्यवहारले झनै चिढाएको छ ।

पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको भारत भ्रमणले चीनलाई झनै असन्तुष्ट बनाएको बुझिएको छ । इण्डिया फाउन्डेशनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा तिव्वती निर्वासन सरकार प्रमुख लोप्सांग सागेंसँग भेटवार्ता गरेको प्रकरण सार्वजनिक भएपछि चीन रुष्ट बनेको हो । यसबारे चीनले आपत्ति जनाएपछि परराष्टमन्त्री प्रकाशशरण महतले पत्रकार सम्मेलन नै गरेर नेपालको चिनियाँ नीतिबारे प्रतिवद्धता दोहो¥याएका थिए । एउटा दुरीमा रहेका देउवालाइ पछिल्लो समय भारतसँग नजिक्याउने र चीनसँग टाढा पार्ने काममा पनि निधिकै भूमिका रहेको कांग्रेसनिकट स्रोतले बतायो । त्यतिमात्र होइन वर्तमान सरकारलाइ नै भारतपरस्त र चीनइतर बनाउन निधिकै भूमिकाले काम गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्