गैरआवासीय नेपालीसामु अध्यक्ष ओलीले भने, ‘एमाले हिन्द महासागर हो’


२६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थी शक्तिहरुबीच गठनबन्धन भएको बताएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग भक्तपुरको बालकोटस्थित निवासमा भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताए ।

सो भेटका क्रममा अध्यक्ष ओलीले देशलाई स्वाधीन र समृद्ध बनाउन विदेशमा रहेका नेपालीको साथ पनि आवश्यक रहेको बताए । अध्यक्ष ओलीले आफ्नो पार्टी हिन्दमहासागर जस्तो भएको दाबी गर्दै भने, ‘सागरमा धमिलो पानी पनि हुन सक्छ, महासागरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउँछ ।’

भेटमा सहभागी एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशी शक्ति अत्तालिएको बताए । ‘वाम गठबन्धन देशभित्र भएकाको मात्र हो’– नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्