गैरबामपन्थी शक्तिबीच एकता गरेर अगाडि बढ्छौ: राणा


काठमाडौ, १६ जेठ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति  शमसेर राणाले गैर बामपन्थी शक्तिबीच एकता गरेर प्रजातान्त्रिक शक्तिलाई सशक्त र प्रभाबकारी रुपमा अगाडि बढाइने बताए । बुधवार आयोजित पार्टी प्रबेश कार्यक्रममा अध्यक्ष राणाले राप्रपा प्रजातान्त्रिकले हालैको केन्द्रीय समितीको बैठक बाट राप्रपा का सबै प्रजातिहरुसँग एकता गरेर अघि बढ्ने निर्णय गरेको छ । यस विषयमा राप्रपा अध्यक्ष कमल थापाबाट पनि सकारात्मक अभिब्यक्ति आइरहेको छ, यो खुसीको कुरा हो, उनले भने । संविधानसँग सहकार्य गर्दै पार्टी सङगठनमा समर्पित भएर अघि बढ्न अध्यक्ष राणाले पार्टीका सबै नेता र कार्यकर्ता आग्रह समेत गरेका थिए ।
यसैबीच उपाध्यक्ष दिपक बोहराले राप्रपा मुलुकको शसक्त र प्रभावकारी पार्टी भएकाले सबैसँग मिलेर जाने अठोट गरे । यस्तै महामन्त्री धुव्र बहादुर प्रधानले पार्टी संगठनलाई चुस्त र दुरुस्त बनाउँदै ७ प्रदेश र ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहमा पुरयाउने अभियान भइरहेको जानकारी दिए । कोषाअध्यक्ष निलकष्ठ काफ्लेले पार्टी एकता आजको आवस्यकता भएकोले सबै प्रजातन्त्रिक राष्टवादी शक्तिसँग हातेमालो गरेर जाने बताए । सहप्रवक्ता किरण गिरीले मुलुकमा चारवटा भोट व्यांक प्रजातन्त्रिक, बामपन्थि मधेसवादी र पराम्परागत राष्ट्रवादी भएको बताए । उनले भने बामपन्थीको प्रतिनिधित्व नेकपा अन्डरलाइनले गर्ने , प्रजातन्त्रिकको नेपाली कांग्रेसले, मधेसवादी भोट व्यांकको मधेसी दलले र पराम्परागत राष्टवादी भोट व्यांकको प्रतिनिधित्व राप्रपा प्रजातन्त्रिकले गर्ने बताए । राष्ट्रवादी शक्तिहरुसँग पार्टी एकता गरेर अगाडि बढ्ने गिरीले जानकारी दिए । कार्यक्रममा राप्रपा महिला संगठन सभापति कमला शर्मा, काठमाडौ उपत्यकाका विशेष संयोजक जय कुमार खड्का लगायतको उपस्थिति थियो ।rpp

प्रतिक्रिया दिनुहोस्