गैससको नाराअनुसार काम भएन भन्दै प्रधानमन्त्रीको गुनासो


६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरसरकारी संस्थाले पछाडि पारिएका वर्गको उत्थान गर्ने नारा बोक्ने गरे पनि यथार्थमा त्यस्तो नपाइने गरेको बताएका छन् ।

समाज कल्याण परिषद्ले आयोजना गरेको ३७औँ सामाजिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । नारामा पछि परेका वर्गको उत्थान तर भूमिगत रणनीति अर्कै हुन्छ भन्ने चर्चालाई गलत सावित गर्न उनले सुझाव दिए । उनले गैरसरकारी संस्थालाई विरलै मात्र ग्रामीण क्षेत्रमा जाने गरेको भन्ने आरोप लग्दै आएको भनदै सहरमै मात्रै काम गर्छन् भन्ने आरोपलाई खण्डन गर्ने गरी काम गर्न पनि सुझाव दिए ।
परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले मुलुक सङ्घीय संरचनामा गएकाले सोहीअनुसार सामाज कल्याण परिषद्ले पनि आफ्ना कामलाई विकेन्द्रीकरण गरेर अगाडि बढ्नका लागि निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्