गोंगबु हत्या प्रकरण: दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या


काठमाडौं,२७ साउन । गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिका कृष्णबहादुर बोहरालाई स्लिपिङ ट्याबलेटले लठ्याएपछि हत्या गरेको खुलेको छ । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी ९पौडेल०ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार बोहोरा बेहोस भएपछि कल्पनाले अण्डकोषमा हम्मरले हानेको र सलले घाँटी कसेर हत्या गरेको बयान दिएकी थिइन् । बोहोरा मरेपछि उनले घाँटी र खुट्टा काटेर शवलाई फ्यालेकी थिईन् । प्रहरीले आइतबार बिहान काठमाडौंको गोंगबुमा जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दूरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो ।
प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्