गोप्य भेटवार्तामा ओली र प्रचण्डबीच यस्तो भयो छेडछाड


१७ पुस । प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ र  नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच करीब दुई घण्टा गोप्य भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई वातावरण सौहार्दपूर्ण बनाएर अघि बढ्न आग्रह गरेका थिए ।

जवाफमा ओलीले सौहार्दपूर्ण वातावरण बनाएर अघि बढ्नका लागि सबै भन्दा पहिला संविधानको मर्म विपरीत व्यवस्थापिका संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । स्रोतका अनुसार गोप्य भेटवार्ता त्यति सौहार्दपूर्ण भएको थिएन ।

ओलीले संशोधन प्रस्ताव फिर्ता लिन गरेको आग्रहलाई प्रचण्डले ‘फिर्ता लिने भए यतिका दिनसम्म किन नाटक गर्नु पथ्र्यो’ भन्दै टारेका थिए । प्रचण्डको त्यो जवाफपछि ओली पनि कडा रुपमै प्रस्तुत भएका थिए । ‘सरकार छलेर भए पनि प्रस्ताव टेबुल गर्ने मुडमा देखिएको छ,’ ओलीको भनाई उध्रित गर्दै स्रोतले भन्यो ।

एक निजी निवासमा आइतबारको भेटवार्ता त्यति फलदायी नभएपछि वार्ता सोमबार पनि त्यही निवासमा बस्ने बुझिएको छ । केही दिन वार्तालाई त्यही निवासमा निरन्तरता दिने भएकाले पनि निवासको लोकेशन सार्वजनिक नगरिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्