गोरखा पुगेर प्रचण्डले भने– ‘एमाले राष्ट्रवादी कि हामी ?’


८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव जसरी पनि पारित हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका दलले संशोधन प्रस्ताव अघि बढाउन नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

गोरखाको मुच्चोकमा निर्माण भएको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उनले भने– ‘मधेसी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिदैन् ।’

कांग्रेसका तत्कालीन सभापति स्व सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै तराईका जिल्ला समेटेर– ५ नम्बर प्रदेश निर्माण गर्न लागिएको उनको दाबी थियो ।  ‘कांग्रेस र एमालेकै प्रस्तावअनुसार अहिले मैले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशको प्रस्ताव ल्याएको हुँ,’ उनले भने ।

प्रतिपक्षमा रहेको नेकपा एमालेले संशोधन प्रस्तावको विरोध गर्न पाउने भन्दै संसद् अवरुद्ध गरेर कोही पनि राष्ट्रवादी नहुने जिकिर गरे । एमालेले संशोधन प्रस्तावलाई राष्ट्रघाती भनिरहेका बेला प्रचण्डले एमालेतर्फ संकेत गर्दै त्यसो भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्