गोल्छा डेरीको घिउ बिक्रीमा रोक


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर अभियान २०७५ अन्तर्गत चाडपर्वलाई लक्षित गरी अनुगमनलाई तीब्रता दिएको छ । सोही क्रममा विराटनगर कार्यालयको नेतृत्वमा खटिएको अनुगमन टोलीले गोल्छा डेरी घिउ उद्योगलाई घिउ बिक्री वितरण रोक लगाएको छ । गुणस्तर परीक्षणका लागि संकलित घिउको प्रतिवेदन प्राप्त नभएसम्मका लागि बिक्री वितरण रोक लगाइएको विभागका प्रवक्ता पूर्ण चन्द्र वस्तीले जानकारी दिएका छन् । त्यस्तै विभागको नेतृत्वमा खटिएको अनुगमन टोलीले गौसालास्थित अन्नपूर्ण स्वीट्स तथा व्यान्जन मिष्ठान्न भण्डारमा मिठाइमा साङला भेटिएपछि पसलमा सिलवन्दी गरेको थियो । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको नेतृत्वमा नेपालगंज वसपार्क वरपरका जनप्रिय टे«डर्स एण्ड सप्लायर्स, कैलाली जनरल स्टोर, भगवति मार्ट, पूर्णिमा किराना पसल र वसन्त किराना पसलमा अनुगमनका क्रममा उपभोग्य मिति सर्किका हल्का पेय पदार्थलगायत खाद्यन्न नष्ट गरेको छ । विभागअन्तर्गतकै धनगढी कार्यालयको नेतृत्वमा खटिएको अनुगमन टोलीले धनगढी वजारस्थित वेल्स परिकार, डिलाइट क्याफे, जय बजरंग वली टे«डर्स, भुपेश जेनेरलस्टोर, धनबहादुर वोहोरा किराना पसल र महाविर मिष्ठान्न भण्डारमा रहेको मिति सकिएको ६० लिटर हल्का पेय पदार्थ खाद्यन्नलगायतका वस्तु जफत गरेको विभागका प्रवक्ता वस्तीले बताएका छन् ।
प्लाष्टिक मेला सुरु

प्रतिक्रिया दिनुहोस्