गोविन्द केसीको जीवनरक्षाका लागि सहयोग गर्न सांसदहरुसँग मन्त्री गगनले गरे आग्रह


१९ असोज । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशन बसेका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका लागि सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन् । थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको समेत स्मरण गराए । त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस्