गौचनहत्या अभियोगमा समीरमान बस्नेतकी श्रीमती पक्राउ


काठमाडौ, १८ कात्तिक । थुनामा रहेका गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेत पक्राउ परेकी छन् । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुरमा गौचन हत्यामा संलग्नता रहेको भन्दै प्रहरीले उनलाई आईतबार पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले मायालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ । मायाले निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुरमा गौचनको हत्यामा प्रयोग भएका सुटरलाई साधन स्रोत तथा हतियार बन्दोबस्तमा सहयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।केही दिन अघि पक्राउ गरेका गौचन हत्याका सुटरका बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । उनका बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्