गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रनवे पिच गर्ने काम शुरु


काठमाडौँ, १३ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम आजबाट सुरु भएको छ। अबको ६ महिनाभित्र रनवेको पिच सम्पन्न हुने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए।

सन् २०१९ अगष्ट सम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भई सञ्चालनमा आउने उनले बताए। विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले ठेकेदारले चार महिनामै कालोपत्रको काम सक्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्