गौतमबुद्ध विमानस्थलमा यतिको विमान दुर्घटना, सबै यात्रु सकुशल


८ असोज । यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनामा परेको छ ।

काठमाडौँबाट भैरहवाका लागि ४ः१५ मा उडेको (एन एआइडी) नंं को जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो ।

विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा २९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन । केही यात्रु सामान्य घाइते भएका छन् । विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ । विमान रन वे छोडेर निक्कै पर पुगेको थियो ।

दुर्घटनास्थलबाट नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्