ग्याँस भित्रिने मुख्य नाका वीरगञ्जमामै ग्याँस अभाव


वीरगञ्ज, १२ चैत । ग्याँस भित्रिने मुख्य नाका वीरगञ्जमा खाना पकाउने ग्याँसको अभाव देखिएको छ । वीरगञ्जमा मनोज ग्याँसको अभाव बढी देखिएको हो ।

वीरगञ्जको पानीट्याङ्कीस्थित डिलरमा उपभोक्ताको लाइन लागेको थियो । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि ग्याँसको लाइनमा त्योभन्दा बढीको भीड लागेको थियो । दिउँसो २ बजेसम्म लाइनमा बस्दा पनि ग्याँस नपाएर उपभोक्ता रित्तै फर्किएका थिए ।

उद्योगले ग्याँसको मागअनुसार आपूर्ति नगरेका कारण अभाव देखिएको ग्याँस विक्रेता महासंघ नेपालका उपाध्यक्ष गणेशमान श्रेष्ठले बताए । ग्याँस नपाएको र उपभोग्य वस्तुको मूल्य बढी लिएको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

बुधवारदेखि तरकारी, खाद्यान्नलगायत अत्यावश्यक सामानका पसलको अनुगमन गर्ने र कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने उनले बताए । आर्थिक अभियान

प्रतिक्रिया दिनुहोस्