घरधनीलाई १ महिनाको घर भाडा मिनाह गर्न सरकारको आग्रह, घर बाहाल कर नलिने


काठमाडौं,१६ चैत । सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले  भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो । घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ । अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्