घरेलु टोली रसियासँग भिड्दै स्पेन, डेनमार्क र क्रोएसियाबीचको खेलमा कसले मार्ला बाजी ?


काठमाडौ, १७ असार । विश्वकप फुटबलमा उपाधि दाबेदार स्पेन आइतवार घरेलु टोली रसियाविरुद्ध क्वार्टनरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । २०१० को विश्व च्याम्पियन स्पेनका धेरै अग्रज खेलाडी यस खेलमा अन्तिम हुँदैछन । रसिया र स्पेन विश्वकप फुटबलमा पहिलोपटक एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन । आइतवार बेलुका पौने आठ बजे खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो । उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै नक आउट चरणमा उक्लिएको हो ।
यसैबीच आजै क्वार्टरफाइनल प्रवेशका लागि डेनमार्क र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै छ । आइतबार राति पौने १२ वजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन । क्रोएसिया समुह डि को विजेता तथा डेनमार्क समुह सि को उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेका हुन । समुह चरणमा अर्जेन्टिनालाई ३–० ले हराएको क्रोएसियाले नाईजेरिया र आईसल्याण्डलाई पनि पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्