चाँगुनारायणमा घर भत्किदा तीनको ज्यान गयो


भक्तपुर, २८ असार । घर भत्किँदा भक्तपुरमा एकै घरका तीन जनको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिँदा हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । गएको भुकम्पमाका कारण घर लडेपछि उनिहरु अहिलेसम्म अस्थाई टहरामा वस्दै आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । प्रहरीका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्