घुस लिदालिदै जिल्ला शिक्षा समन्वय समितिका प्रमुख पक्राउ


इटहरी, ९ जेठ । सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ ।
जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस रकम लिदालिदैं उनलाई आयोगका टोलीले नियन्त्रणमा लिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नरेन्द्र्र भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्